दुहबी : जबरजस्ती करणी उद्योग मुद्दामा कैद सजाय तोकिएर फरार रहेका सुनसरीको दुहबी ६ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतबाट मिति २०७०।११।०४ गतेको फैसला आदेशले २ वर्ष ८ महिना ५ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी ३० वर्षीय विनोद ठाकुरलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।
ठाकुरलाई बिहीबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post