ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका ४ डुम्रिसेस्थितमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाइते भएका छन् ।
आज (बुधबार) बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकदेखि करिब १५ मिटर तल झरेर दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय ९ बर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय १२ वर्षीय शिखर काङलिवा, ११ बर्षीय साइमन तामाङ, १३ वर्षीया सुष्मा तामाङ, १३ वर्षीय दीपेन्द्र तामाङ, १३ वर्षीया अनिषा बिश्वकर्मा, १४ वर्षीया मुना बिश्वकर्मा, १२ वर्षीया मनिषा तामाङ, र १५ वर्षीया गुञ्जना तामाङ घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चालक फरार रहेकाले खोजतलास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post