इटहरी : कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट बिहीबार दिउँसो दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
Discussion about this post