Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्वी नाकामा एकपछि अर्को तगारो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८१
in समाचार
0
पूर्वी नाकाबाट चार करोडको १४ प्रकारका जडीबुटी निर्यात
68
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वीनाका काँकडभिट्टाबाट दशकौँदेखि सहजरुपमा हुँदै आएको निर्यात व्यापार तथा पर्यटकीय आवागमनमा भारतीय नीति एकपछि अर्को गर्दै बाधक बन्दै गर्दा यसको सोझो असर नेपाली अर्थतन्त्रमा परेको छ ।

नेपालमा उत्पादित अलैँची, प्लाइउड, चिया, छुर्पी, अम्लिसो, अदुवा, प्लाइउडको मुख्य कच्चा पदार्थ (भेनियर सिट)लगायतका कृषिजन्य उत्पादनको बजार भारतमा निर्भर छ ।

निर्यात सहज भएका बेला किसानले आफ्नो उत्पादनको मनग्य मूल्य पाउँदै आएका थिए । तर, भारत सरकारको पछिल्लो गुणस्तर मापदण्ड नीति नेपाली उत्पादनको निर्यातका लागि तगारो बनेको व्यवसायीहरु बताउँछन् । यसै साता भारत पठाइएको नेपाली चिया लोड गरिएका १७ वटा ट्रकलाई पश्चिम बङ्गालको पानीट्याङ्की स्थल भन्सार कार्यालयले गुणस्तर परीक्षणको निहुँमा नाकामा रोकिएको बताइएको छ ।

नेपाली चियाको निर्यातका लागि पटके गुणस्तर परीक्षणको नयाँ नियम लगाएको कारण ती चिया भारतीय भन्सार विन्दुमै रोकिएको नेपाल चिया उत्पादन सङ्घ झापाका पूर्वअध्यक्ष सुरेशकुमार मित्तल बताउनुहुन्छ । उहाँका अनुसार यसअघि गुणस्तर परीक्षणको नियम सहज थियो । विगतमा वार्षिक चार अर्बसम्मको चिया भारततर्फ काँकडभिट्टा नाकाबाट निर्यात हुँदै आएको थियो । आउँदा दिनमा अवरोधको गाँठो फुकेन भने नेपालले चियाको भारतीय बजार हठात गुमाउनुपर्ने हुनसक्छ ।

काँकडभिट्टा भन्सारबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको पहिलो नम्बरमा अलैँची छ भने चौथो नम्बरमा चिया रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८०/८१ को नौ महिनामा काँकडभिट्टा-पानीट्याङ्की नाका भएर दुई अर्ब १८ करोड ८९ लाख २२ हजार मूल्यको चिया भारत निर्यात भएको छ । यसअघि आव २०७९/८० को चैतसम्मको नौ महिने अवधिमा सोही नाकाबाट दुई अर्ब ६६ करोड ५४ लाख १८ हजार मूल्य बराबरको चिया भारत निर्यात भएको थियो ।

निर्यात व्यवसायमा संलग्न काँकडभिट्टाका रोशन अग्रवालका अनुसार भारतको केन्द्रीय सरकारबाटै नेपाली चियाको निर्यातमा अंकुश लगाउन शतप्रतिशत गुणस्तरको अव्यवहारिक नियम लगाइएको हो । निर्यात हुने चियाको ट्रकैपिच्छे अब पटना, दिल्ली, कोलकाताजस्ता टाढा रहेका प्रयोगशालाबाट गुणस्तरीय जाँचपास प्रमाणपत्र पेस गर्नुपर्ने झन्झट थपिएको उहाँले बताउनुभयो ।

बर्सेनि चियाको निर्यात बढ्ने गरे तापनि अघिल्लो आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भारततर्फ चियाको निर्यातमा १८ प्रतिशतले ह्रास आएको छ ।

“निर्यातको दर घट्न थालेको अवस्थामा भारतले शतप्रतिशत गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेर अब त सामान नै रोकिदियो”, अग्रवालको भनाइ छ । सिटीसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको पूर्वअध्यक्ष मित्तलको भनाइ छ । “नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ”, उहाँले भन्नुभयो, “पटके गुणस्तर परीक्षणको भारतीय सरकारको नियम लागू भयो भने नेपाली चिया उद्योग बन्द गर्नुपर्ने स्थिति सिर्जना हुन्छ ।”

नेपालमा उत्पादित चियाको ९२ प्रतिशत मात्रा काँकडभिट्टा नाका भएर भारत निर्यात हुने गरेको छ । चियाको समस्याको बारेमा नेपाल सरकारले तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीट्याङ्की भन्सारमासमेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायतका दूरीका हिसाबले टाढाको प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई मात्र भारतीय भन्सारले मान्यता दिने भएको हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्नु परिरहेको छ ।

नेपालबाट भारत निकासी हुने अर्को मुख्य मालबस्तुमा प्लाइउड र भेनियर सिट पनि पर्दछ । पछिल्लो छ महिनादेखि यी सामानको निकासीमासमेत भारतले ‘आइएसआई’ प्रमाणित हुनुपर्ने गुणस्तर मापदण्डको नयाँ नियम लगाएर अन्योल थपिदिएको छ ।

चालु आव २०८०/८१ को नौ महिनामा काँकडभिट्टा नाकाबाट दुई अर्ब २६ करोड ८७ लाख ६१ हजार मूल्य बराबरको नेपाली प्लाइउड भारत निर्यात भएको छ । यसअघि आव २०७९/८० को चैतसम्मको नौ महिने अवधिमा सोही नाकाबाट एक अर्ब २९ करोड ३८ लाख ८० हजार मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो ।

यही नाका भएर नेपाली भेनियर सिटको भारत निर्यात समेत उल्लेख्य रहेको छ । चालु आवको नौ महिनामा ३३ करोड ५५ लाख ५६ हजार मूल्य बराबरको भेनियर सिट निकासी भएको थियो भने अघिल्लो आवको सोही अवधिमा दुई करोड चार लाख ६८ हजार मूल्यको भेनियर सिट भारतमा निर्यात भएको देखिन्छ ।

भारत सरकारले आइएसआई मापदण्ड प्रमाणित नभएको नेपाली प्लाइउड तथा भेनियर सिटलाई भारतमा निर्यात हुन नदिने नयाँ नीति घोषणा गरिसकेको छ । नेपाली उत्पादनलाई यो मापदण्डभित्र आउन भारतले केही महिनाको म्याद मात्र दिएको नेपाल भेनियर उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष श्याम न्यौपानेले बताउनुभयो ।

“दिएको म्यादभित्र मापदण्ड पूरा गर्न सहज छैन”, सङ्घका उपाध्यक्ष न्यौपाने भन्नुहुन्छ, “त्यसपछि भारतले नेपाली प्लाइउड र भेनियर सिट रोकिदिन्छ भन्ने चिन्ता फैलिएको छ ।” नेपालमा विदेशी मुद्रा भित्र्याउने निर्यात व्यापारमा प्लाइउड र भेनियरको ठूलो योगदान रहँदै आएको छ ।

चालु आव २०८०/८१ को चैतसम्मको नौ महिनामा काँकडभिट्टा नाकाबाट कूल १८ अर्ब ५९ करोड एक लाख ७२ हजार मूल्य बराबरको विभिन्न कृषिजन्य उत्पादन विदेश निकासी भएको थियो । यसबाट सोही अवधिमा मेची भन्सार कार्यालयले कूल १० अर्ब ३८ करोड १८ हजार राजस्व सङ्कलन गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो र आवको नौ महिनाको तुलना गर्दा राजस्व सङ्कलनमा केही ह्स आएको छ । आव २०७९/८० को नौ महिनामा मेची भन्सार कार्यालयबाट १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन गरेको थियो ।

भारतले काँकडभिट्टा नाकाबाट पर्यटक आवागमनमासमेत अवरोध गरेको दुई वर्ष बितिसकेको छ । भुटान र भारतीय गैरआवासीय नागरिकताबाहेक तेस्रो मुलुकका पर्यटकलाई मात्र काँकडभिट्टा नाकाबाट आउजाउ गर्न भारतले अनुमति दिएको छ ।

तेस्रो मुलुकका पर्यटकलाई भारतले अनुमति नदिँदा पूर्वी नाकाबाट नेपालले वर्षेनी हजारौँ बङ्गलादेशीलगायतका विदेशी पर्यटकलाई स्वागत गर्न पाएको छैन । काँकडभिट्टा नाका पर्यटकीय दृष्टिले सुनसान बनेको छ ।

पूर्वी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई भारतीय पक्षबाट भइरहेको अवरोध खुलाउन नेपालले उच्चस्तरीय पहल गर्नुपर्ने मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी बताउनुहुन्छ ।

“विगतमा काँकडभिट्टा भन्सार भएर भित्रिने कतिपय सामान डाइभर्ट भएर अहिले अन्यत्रबाट आउन थालेको छ”, उहाँले भन्नुभयो, “सामानको आयात घट्दै जाने र नेपाली उत्पादनको निर्यातमा पनि समस्या आउन थालेका कारण मेची भन्सारमार्फत राज्यले सङ्कलन गर्दै आएको राजस्वमा असर पर्न थालिसकेको छ ।”

सीमावर्ती बासिन्दाको भारतीय बजारमै गएर किनमेल गर्ने पुरानो बानीका कारण एकातिर राजस्व गुमिरहेको र अर्कातिर सीमावर्ती नेपाली बजार ग्राहक नपाएर सुनसान हुन थालेको उहाँले बताउनुभयो ।

भन्सार प्रशासनले अवैधरुपमा भित्रिने मालसामानको चेकजाँचमा कडाइ गरिरहेकोसमेत बताउनुभयो । पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार भारतीय अवरोध एकपछि अर्को गर्दै थपिँदै गएकाले काँकडभिट्टा नाकाको कारोबारमा शिथिलता आएको छ ।

विगतमा बङ्गलादेशी पर्यटकको सहज आगमनका कारण सीमावर्ती बजार र पर्यटकीयस्थल चलायमान हुने गरेको जनाउँदै उहाँले हाल विदेशी पर्यटकलाई भारतले काँकडभिट्टा नाका प्रयोग गर्न नदिँदा स्थानीय होटल, ट्राभललगायतका पर्यटन व्यवसाय धराशायी भइरहेको बताउनुभयो । 

रासस 

Tags: #झापा#राससपूर्वी नाका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
समाचार

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
समाचार

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.