करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मोरङको बिराटनगर महानगरपालिका ११ का ३६ बर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको हो ।
बुढीगंगा गाउँपालिका ३ बाँसबारी चोकमा रहेको मिठाई पसल अगाडि टेन्ट लगाउने क्रममा अचानक हाईटेन्सन लाईनमा टच हुन गई करेन्ट लाग्दा घाईते भएका कामतलाई बिराट मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post