इटहरी : सुनसरी मोबाइल व्यवसायी संघले फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगितामा सुनसरी मोबाइल व्यवसायी संघ इटहरी, खनार प्रथम भएको छ ।
यसैगरी मोबाएल मार्केटिक संघ द्धितीय भएको छ । प्रतियोगिताको विजेता टिमले नगद २१ हजार र उपविजेता टिमले नगद ११ हजारसहित ट्रफी हात पारेको छ ।
प्रतियोगितामा विवेक मेहता, निर्मम थापा र अभिषेक कालाकोटी क्रमशः उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए ।
आयोजक समितिका अध्यक्ष बलराम बस्नेतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मोबाइल डिलर एसोसिएसन कोशी प्रदेशका पूर्व अध्यक्ष प्रमुख अतिथि प्रणम तोदी प्रमसख अतिथि थिए ।
प्रतियोगितामा नौ वटा टिम सहभागी रहेका थिए ।
Discussion about this post