इटहरी : सुनसरी प्रहरीले गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
सुनसरीको रामधुनी ६ स्थित इचौलबाट दुई जना लागूऔषध कारोबारीलाई बिहीबार साँझ ८ बजेतिर गोली हानेर लागूऔषध ब्राउन सुगरसहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले सप्तरीको सप्तकोसी नगरपालिका ५ का ३५ वर्षीय श्यामसुन्दर खान र सुनसरीको इटहरी ५ का ४० वर्षीय श्यामप्रसाद निरौलालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट २ सय १० ग्राम ६ सय ३० मिलिग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोइन समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय पलकीको टोलीले दुई कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post