ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ४ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका ७ का ४८ वर्षीय कुमार भनिने प्रेमकुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद तीन हजार सात सय ५०० रुपैँया र एक थान मोबाइल बरामद गरेसँगै नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका १ का ३७ वर्षीय चन्द्रबहादुर लिम्बूसमेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान खुल्न आएकाले उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post