विराटनगरबाट इटहरी आउँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो ।
को १ ख ६९५२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरीगढी गाउँपालिका ७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट तीनजना घाईते भएका छन् ।
घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post