बृद्धभत्ता लिएर घर फर्कदैँ गर्दा खोलामा एक बृद्ध मृत अवस्थामा फेला परेकी छिन् ।
ईलाम नगरपालिककाको कार्यालयमा बृद्ध भत्ता लिन गई घर फर्कदैँ गरेकी देउमाई नगरपालिका ४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका २ मा रहेको सार्की खोलामा मृत फेला परेकी हुन्।
बृद्धा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
















Discussion about this post