इटहरीमा रहेको बेदान्त हस्पिटलले ८० बर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई विभिन्न सुविधा दिने भएको छ ।
बेदान्त हस्पिटलका अध्यक्ष डा. आदर्श झा का अनुसार ८० बर्ष भन्दा माथि उमेरका नागरिकको स्वास्थ्य जाँच गर्दा डाक्टरको शुःल्क निःशुल्क गर्ने भएको छ ।
त्यस्तै, बेड भर्ना ल्याब टेष्ट लगायतमा २५ प्रतिसत छुट गरिने उनले बताए ।

बेदान्तका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार ल्याब परीक्षण गराउँदा, एक्सरे गराउँदा २५ प्रतिसत छुट दिईने छ ।
जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित हुन नदिनका लागि उक्त सुविधा ल्याईएको श्रेष्ठले बताए ।
उनले भने, हामीले गरीब, असहायका लागि पनि डाक्टरको फि निःशुल्क गरेका छौँ । औषधीमा भने १० प्रतिसत छुट दिईने बताईएको छ ।
पछिल्लो समय बेदान्त हस्पिटलले महिला तथा बालबालिका विशेषज्ञ रोगको पनि दैनिक चेकजाँच गर्दै आएको जनाएको छ ।
















Discussion about this post