ताप्लेजुङ : फुङलिङ नगरपालिका ९ हाङदेवाको हिरिया खोलाले मे १ ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ ।
फुङलिङ नगरपालिका ११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो ।
खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।
गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । पौडेलका अनुसार खोलाले नै गाडी किनारामा पुर्याएको थियो ।
यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरको पहिरोले को १ झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ ।
पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । यहाको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् ।
Discussion about this post