गाँजासहित प्रहरीले धरानका दुईजना युवालाई पक्राउ गरेको छ ।
मोरङको कटहरी गाउँपालिका १ बाट गाँजासहित दुई युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
को २५ प ८०७४ नम्बरको मोटरसाइकलमा सवार धरान–१५ का ३४ वर्षीय आशिष राई र पछाडि सवार धरान–१६ का २२ वर्षीय सञ्जीव राईलाई करिब ३ केजी गाँजा सहित पक्राउ गरिएको डीएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post