इटहरीमा रहेको स्किल क्याम्पसले यहाँका सक्रिय पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा इटहरी क्षेत्रमा सक्रियतापूर्वक रिपोर्टिङ गर्ने ३५ जना भन्दा बढी पत्रकारहरुलाई बुधबार विहान स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
पत्रकारहरुलाई ब्याग, मास्क, स्यानिटाइजर, डायरी, डटपेन लगायत सामाग्रीहरु सहयोग गरिएको क्याम्पसका प्रमुख पृथ्वी पराजुलीले बताए ।

कोरोना भाइरसको संक्रमणका जोखिमबीच सक्रियतापूर्वक फन्ट्रलाइनमा खट्ने पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरिएको क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले बताए ।
उक्त क्याम्पसले होटल मेनेजमेन्टका कक्षाहरु सञ्चालन गरिरहेको छ ।
















Discussion about this post