Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वीपी प्रतिष्ठानमा खुल्यो बढुवाको जाम, कर्मचारीतर्फ १४ र शिक्षकतर्फ ६ वर्षपछि बढुवाको नतिजा प्रकाशित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८१
in समाचार
0
वीपी प्रतिष्ठानमा अख्तियारको छापा
104
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित वीपी कोइराला कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ वर्षपछि बढुवाको नतिजा प्रकाशित गरिएको छ ।

प्रशासनिक कर्मचारीतर्फ १४ वर्ष र शिक्षकतर्फ ६ वर्षपछि प्रतिष्ठानले बढुवाको नतिजा प्रकाशित गरेको हो ।

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले बिहीबार एक सूचना जारी गर्दै बढुवाको नतिजा सार्वजनिक भएको जानकारी दिइन् । आवेदन दिनेहरूमध्ये चिकित्सक शिक्षकतर्फ स्थायी र करार गरी एक सय ९५ जनाको एक तह बढुवा भएको छ ।

यसैगरी प्रशासनिक कर्मचारीतर्फ स्थायी र पफर्मेन्स करार गरी ४ सय ९ जनाको एक तह र ३ सय ९ जनाको स्तर वृद्धि गरिएको सूचनामा उल्लेख छ । नतिजा गत असार २७ गते नै प्रकाशित भएपनि औपचारिक रूपमा भने बिहीबार मात्रै जानकारी गराइएको प्रतिष्ठानले जनाएको छ ।

प्रधानका अनुसार प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा २०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो । शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्याङ्कन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको उनले बताइन् ।

खासगरी प्रतिष्ठानमा सात वर्षयता प्रशासनिकदेखि कर्मचारीका वृत्ति विकासका काम नियमित हुन नसक्दा कामहरू प्रभावित बन्दै आएको छ ।

प्रतिष्ठानमा सधैँजसो भ्रष्टाचारका काण्ड बाहिरिने, अख्तियारले छापा हान्ने, मेडिकल उपकरण खरिदमा कमिसनको खेल हुनेजस्ता घटनाका कारण प्रतिष्ठानले गति लिन सकेको छैन । यसको असर बिरामीमा प्रत्यक्ष रूपमा पर्दै आएका कारण समस्या निम्तिदैँ आएको थियो ।

प्रतिष्ठानको चरम लापरबाहीका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएको हो, कर्मचारीहरू सोही पदमा कार्यरत थिए ।

प्रतिष्ठानमा एमडी–एमएस र डेन्टलतर्फ एमडीएस पास गरेपछि एक वर्षसम्म अनिवार्य सिनियर रेजिडेन्ट (एसआर) तहमा काम गर्नुपर्ने नियम छ । एक वर्ष एसआर भइसकेपछि मात्र सहायक प्राध्यापक हुन योग्य बन्ने नियम रहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार उक्त पदमा चार वर्ष अनुभव लिएपछि मात्रै सहप्राध्यापकको प्रतिस्पर्धामा जान सकिने व्यवस्था छ । सहप्राध्यापक भएको तीन वर्षमा अतिरिक्त र अतिरिक्त भएर थप तीन वर्ष सेवा गरेपछि प्राध्यापकमा बढुवाका लागि योग्य हुने उनले जनाए ।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.