इटहरी : ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस’को अवसरमा मंगलबार काठमाडौँमा भएको खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बलदीप प्रभाश्वर चाम्लिङ प्रथम भएका छन् ।
सहिद–मनोज–झपेन्द्र स्मृति प्रतिष्ठान र एकीकृत सरकारी कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १६२ जना प्रतियोगीलाई उछिन्दै उनको कविता टाउको तातिएपछि प्रथम भएको हो ।
यसैगरी गौरव न्यौपानेको मेरो त छानो चुहिन्छ, प्रशान्त पराजुलीको मेरो बा कहिले थाकेनन्, क्रमशः द्धितीय र तृतीय भए भने रुविना रानाको कलियुगकी सीता र संयोग बस्यालको आर्तनाद शीर्षकको कविता सान्तवना भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगितामा विजेताहरूलाई पुरस्कृत समेत गरिएको एकीकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव प्रकाश राईले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः १५ हजार, १० हजार, सात हजार र तीन हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
महासचिव राईले भने, ‘यो कार्यक्रमले कर्मचारीहरूलाई प्रत्यक्ष जनतासँग जोडिन सहज हुने अपेक्षा लिएका छौँ ।’ प्रतियोगिताले कर्मचारीहरू जनताको मनोभावनासँग जोडिने र सम्बन्ध थप सुमधुर हुने बताए । प्रतियोगितामा देशभरबाट एक सय ६२ कविता प्राप्त भएको थियो ।
जसमध्ये उत्कृष्ट २० कविता छनोटमा परेको सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानका महासचिव हरिकाजी राईले जनाए ।
Discussion about this post