खोटाङ : खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर बिहीबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहीबार बिहान पौने १० बजेतिर पहिरोले पुरिएर मृत्यु भएको हो ।
विद्यालय गइरहेको बेला बाटोदेखि करिब ३०–३५ मिटरमाथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले बताए ।
शव पोष्टमार्टमका लागि दिक्तेल लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post