सिरहाका एक युवकको कोरोना संक्रमणबाट धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले दिएको जानकारी अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।
















Discussion about this post