विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार विहान ज्यान गुमाएका पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नासाथ मृत्यु भएको थियो ।
उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षणमा मृतक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
शुक्रबार मृत्यु भएकासँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
















Discussion about this post