धरान : धरान उपमहानगरपालिका १३ निसाने स्थितबाट लागूऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कारभित्र चार वटा बोरामा प्याकिङ गरि लुकाईछिपाई राखेको ९८ केजी गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।
गाँजा बरामद भएसँगै उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिएर गाँजा कहाँबाट, कसले ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post