ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का हर्क बहादुर लिम्बुका १५ बर्षीय छोरा शुक्रबिर लिम्बु तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।
शनिवार दिउँसो १२ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका बालकलाई अचानक नदीले बगाउँदा बेपत्ता भएका थिए ।
प्रहरी चौकी शिवाबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
















Discussion about this post