Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भिजिट नेपाल : ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८१
in भिजिट नेपाल, समाचार
0
भिजिट नेपाल : ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
75
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रूपमा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालका बारेमा सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थान बनाउँदै गएको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ ।

उनी भन्छन्, “तमोर करिडोर सडक आलोङचुङ्गोला हुँदै टिप्ताला नाका जोडिएको छ । अब भने सहज रूपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।”

सिङ्जेमा ताल फक्ताङ्लुङ –७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन । प्राकृतिक रूपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रूपमा पनि लिने गरेका छन् ।

तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ । सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् ।

स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एक जना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएको थियो ।

यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ ।

तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन् । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।

तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ । ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई (तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ ।

तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।

वैशाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ ।

तर तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङ्गोला आसपासका बासिन्दामा सीमित थियो ।

पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ । सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ ।

तालको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो ।

तालको महत्त्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउने छ ।

Tags: #ताप्लेजुङ#पर्यटन#भिजिट नेपाल#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    834 shares
    Share 334 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.