धरान उपमहानगरपालिका वडा नं. २० बिष्णुपादुकाबाट नियन्त्रित लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रीबास नगरपालिका ८ धनकुटाका २९ बर्षीय सन्दिप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
















Discussion about this post