संखुवासभाको चिचिला गाउँपालिका २ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागि ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ ।
मंगलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानी ढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि. द्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काईभेटरका चालक मकवानपुरका ३१ बर्षीय हर्क बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
















Discussion about this post