खोटाङ : ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर जिल्ला अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद फैसला सुनाएका फरार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका ४६ वर्षीय फुर्बा शेर्पालाई आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार पठाइएको हो ।
लुकीछिपी बसिरहेको अवस्थामा घरमै फेला पारी जिल्ला अदालत दिक्तेलमा ल्याएर बुझाई सजाय भुक्तानका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
उनलाई २०७१ जेठ २२ गते अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद फैसला सुनाएको थियो ।














Discussion about this post