इटहरी : इटहरीका राजन भट्टराईले मदिरा सेवन गरि फोनमा आफ्नै सहकर्मी कृष्णकला राईमाथि अश्लील शब्द प्रयोग गरेको घटना मिडियामा बाहिरिएपछि माफी मागेका छन् ।
भट्टराईले बुधबार राती मदिरा सेवन गरि फोनमा यौन सम्बन्धको कुरा गरि राइमाथि दुर्व्यवहार गरेका थिए ।
इटहरीको जनता बहुमुखी क्याम्पसमा बजारशास्त्र बिभागका प्रमुख समेत रहेका भट्टराईले सोही क्याम्पसमा अध्यापन गराउने राइलाई फोनमा दुर्व्यवहार गरेपछि माफी मागेका हुन् ।
क्याम्पसका अध्यक्ष, प्रमुख, पदाधिकारी, विद्यार्थी प्रतिनिधि लगायत बसेको बैठकले उनले माफी मागेका थिए।
उनले आँफूले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा सो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका हुन् । यो पनि _ इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुर्व्यवहार (अडियोसहित)
Discussion about this post