इटहरीको जनता बहुमुखी क्याम्पसका प्रध्यापक राजन भट्टराईले आफ्नै सहकर्मी कृष्णकला राईमाथि गरेको फोन कुराकानीको अडियो सार्वजनिक भएपछि विद्यार्थी नेताले चासो राखेका छन् ।
समाजबादी विद्यार्थी फोरम जबक्या का अध्यक्ष चन्द्र किराँती, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष प्रबिण दाहाल र अखिल क्रान्तिकारीका कार्यवाहक सचिव अर्जुन पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै आँफूहरुको चासो रहेको बताएका हुन् ।
बिज्ञप्तीमा भनिएको छ _ “गलत नजिरलाई सधैंको लागि अन्त्य गर्न आवश्यक छ । विगतमा पनि यस्ता हर्कत गर्नेमाथि कारबाही हुँदै आएको छ । दोषी उपर कारबाही होस् ।”
Discussion about this post