इटहरी : इटहरीमा रहेको इलाइट सिनेमा हललाई तीन लाख रुपैयाा जरिबाना तिराइएको छ ।
तोकिएको मूल्य भन्दा बढी मूल्यमा पानी बेचेको भन्दै सिनेमा हललाई तीन लाख रुपैँया जरिबाना तिराइएको हो ।
इटहरी ४ मा रहेको इलाइट सिनेमा हलले किन्ले ब्राण्डको पानी अधिकतम खुद्रा मूल्यभन्दा धेरैमा बिक्री गरेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारबाही गरेको हो ।
उपभोक्ताले दिएको उजुरीको आधारमा वाणिज्य कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिका राजश्व शाखाको टोलीले बिहीबार अनुगमन गरेको थियो ।
उजुरीका आधारमा सम्बन्धित पक्षलाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरका सूचना अधिकारी दीर्घबहादुर घिमिरेले जानकारी दिए ।














Discussion about this post