इटहरी : इटहरी उपमहानगरपालिकाले ज्यालादारीमा कर्मचारी माग गरेको छ । इञ्जिनियसहित विभिन्न तहमा उपमहानगरले एक सूचना जारी गर्दै ज्यालादारीमा कर्मचारी माग गरेको हो ।
उपमहानगरपालिकाले विभिन्न तहमा गरी २५ जना कर्मचारीका लागि आवेदन माग गर्दै बुधबार १५ दिने सूचना जारी गरेको छ । जसमा आठौँ तहको मेडिकल अधिकृतको रूपमा चार जना चिकित्सकलाई मासिक ज्यालादारीमा माग गरेको छ ।
यसैगरी बिल्डिङ एन्ड आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियर पदका लागि छैठौँ तहमा १–१ जना मासिक ज्यालादारीमा कर्मचारी माग गर्दै सूचना जारी गरेको छ ।
यस्तै, पाँचौ तहका लागि एक जना सुवेदार करारमा, चौथो तहको लागि ल्याब असिस्टेन्ट दुई जना मासिक ज्यालादारीमा, जमदार एक जना करारमा, सहजकर्ता एक जना करारमा माग गरेको छ ।
यस्तै, तेस्रो तहका लागि एक जना अग्नि नियन्त्रक हवल्दार करारमा, दोस्रो तहका लागि अग्नि नियन्त्रक आठ जना सिपाही करारमा माग गरेको छ ।

अग्नी नियन्त्रक सवारी चालक दुई जना करारमा, रोडरोलर अपरेटर चालक एक जना मासिक ज्यालादारीमा, भारी सवारी चालक एक जना मासिक ज्यालादारीमा माग गरेको सूचनामा उल्लेख छ ।
यसैबीच ज्यालादारीमा काम गर्नेबारे सूचना जारी भएपछि नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेश कार्यसमिति अपात्ति जनाएको छ ।
एसोसिएसनका सभापति जगरनाथ साह र सचिव सञ्जयकुमार झाद्धार जारी विज्ञप्तिअनुसार बौद्धिक वर्गमा पर्ने इञ्जिनियरलाई मासिक ज्यालादारी दिनेगरी आवेदन मागिएको भन्दै आत्ति जनाइएको छ ।

इञ्जिनियरजस्तो समाजिक प्रतिष्ठा बोकेको पेसामा ‘ज्यालादारी’ हैसियतमा सूचना माग गरेको भन्दै एसोसिएसनले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post