Monday, December 8, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ताप्लेजुङ : तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०८१
in विविध, समाचार
0
ताप्लेजुङ : तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो
62
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।

तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।

टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् ।

पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो । फुङ्लिङबाट टिपताला पुगेर फर्किने यात्रा अब तीन दिनमा सम्भव भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले तीन दिनभित्रै फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ ।

अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ । पानी र हिलोको समस्या केही ठाउँमा भए पनि समग्र यात्रा सहज छ ।

ओलाङचुगोलासम्म नियमित यातायात सञ्चालन भइरहेको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तथा ओलाचुङगोलाका स्थानीय फुपुल्हमु श्रेष्ठका अनुसार पहिले आवश्यक सामग्री ढुवानी गर्न ठूलो खर्च हुन्थ्यो, अहिले गाउँमा गाडी आइपुग्छ सहज भएको छ ।

वडाध्यक्ष शेर्पाका अनुसार सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि यदि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण गरियो भने बर्खामा पनि सहज आवागमन हुनसक्छ ।

वडाध्यक्ष शेर्पाले भने, “सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा पुल बनेपछि सधैँभरि टिप्ताला पुग्न सम्भव हुनेछ ।”

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।

जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र पर्यटन र व्यापारको केन्द्रविन्दु बन्न सक्छ ।

तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ ।

तिब्बत सरकारले टिपतालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएपछि सरकारले प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सरकार–सरकार सहकार्यमार्फत प्रस्ताव आएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ ।

टिपतालासम्म सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ । सडक मर्मत, पुल निर्माण र अन्तरदेशीय सहकार्यले यो क्षेत्र पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

Tags: #ताप्लेजुङ#राससतमोर करिडोर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

धरान : इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका १३ स्थित साबिर ग्यारेजबाट एक सय ४९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई...

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…
समाचार

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीया...

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२
विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

मंसिर २१, २०८२
सुनसरीमा किसानको गुनासो – यसपटकको दसैँ दशा भएर आयो

बेमौसमी वर्षाको असरले सुनसरीमा धान उत्पादन घट्यो

मंसिर २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

मंसिर २१, २०८२
मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मंसिर २१, २०८२
बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    385 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    233 shares
    Share 93 Tweet 58
  • बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

    217 shares
    Share 87 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.