Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर

महानगरभित्र माघ २३ गतेखि पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०८१
in समाचार
0
नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

यही माघ २३ देखि फागुन ७ गतेसम्म महानगरका १९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो ।

विद्यालय जाने किशोरीहरू कक्षा ६ देखि १० सम्म विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने महानगरकी उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको अभिमुखीकरणमा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले सहजीकरण गरेका थिए ।

खोप अधिकृत भण्डारीले नेपालमा हरेक वर्ष दुई हजार एक ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिए ।

जसबाट एक हजार तीन १३ जना अर्थात् कुल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको उनले तथ्यांक प्रस्तुत गरे । भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह भएको उनले बताए ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

उपमेयर कार्कीले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान राष्ट्रिय अभियान भएकाले सबैको सहकार्यले सफल हुने बताइन् ।

उनले अभियानबारे सबै जागरुक हुनुपर्नेमा जोड दिइन् । अभियानलाई सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ ।

महानगरभित्र एक सय २१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित एक सय ६९ वटा खोप केन्द्र तोकिएका छन् ।

खोप अभियानमा करिब दुई सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए ।

विद्यालयबाहिरका दुई हजार सात जनासहित १४ हजार चार सय ८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको गौतमले बताए ।

 

Tags: #विराटनगरक्यान्सरखोपविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.