ताप्लेजुङ : ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका १ स्थितबाट एक नाल भरुवा बन्दुकसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय बिर्खराज राई रहेका छन् ।
राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रवि रावलसहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।
राईको घर खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेकोसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भरुवा बन्दुकसहित पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post