इटहरी : इटहरीस्थित सुष्मा गोदावरी कलेजमा इमेज प्रोसेसिङको तालिम दिइएको छ ।
चार दिने तालिममा आइटी अध्ययन गर्ने विद्यार्थीहरूलाई तालिम दिइएको हो । काठमान्डौँ युनिभर्सिटीबाट इञ्जिनियरिङमा ग्राजुएट विवश आचार्यले तालिम दिइरहेका छन् ।
उनले आइटी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई तालिम दिइरहेको बताए ।
आइटीमा प्रयोग गरिने पाइथन, गिट र प्रिन्सिपल कम्पोनेन्ट एनालाइसिस एल्गोरिदमबारे तालिममा विशेष जोड दिइएको आचार्यको भनाइ छ ।
Discussion about this post