ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ मा एक बालिकाको डुबेर मृत्यु भएको छ ।
स्थानीय ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो ।
सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए ।
बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post