इटहरी : आजदेखि विक्रम संवत् २०८२ साल प्रारम्भ भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज (सोमबार) नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर राम्रो हुने जनविश्वास छ ।
नयाँ वर्ष आरम्भका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
Discussion about this post