इटहरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले २९ औँ स्थापना दिवश मनाएको छ । सुनसरीको इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अख्तियारको २९ औँ दिवश मनाईएको हो । अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी अख्तियार दिवस मनाईएको हो ।
अख्तियार इटहरीमा आर्थिक बर्ष २०७६।७७ को पुस मसान्त सम्ममा स्थानिय तहमा भएका भ्रष्टचारदेखि भूमी सुधार तथा संघीय मामिलामा गरी ९ सय २९ वटा उजुरी परेको कार्यक्रममा जानकारी गराईयो । स्थानिय तह अन्तर्गत उपमहानगरपालिका, नगरपालिका, गाँउपालिका र वडा कार्यालयमा सबै भन्दा बढी भ्रष्टचार सम्बन्धि उजुरी परेको अख्तियार कार्यालय इटहरीका प्रबक्ता ज्ञानेन्द्र ढकालले बताए । ‘सप्तरी, सुनसरी र मोरङका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ,’ उनले भने, ‘सबैभन्दा बढी सप्तरीमा परेको छ, यहाँबाट मात्रै ३ सय ६१ व्टा उजुरी परेको छ ।’ उनका अनुसार मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहमा भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको छ ।
ढकालले मुख्य सहरमा भन्दा पनि गाउँ र भित्री मधेश क्षेत्रमा भ्रष्टाचार बढेको जानकारी दिए । अनुसार गाउँपालिकामा हुँदै नभएको काम समेत अभिलेख गरी भ्रष्टाचार गर्ने गरेको तथ्याङ्कमा रहेको उनको भनाई थियो । साथै उक्त कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारी, बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, जिल्ला समन्वय समिती मोरङका प्रमुख नरेश पोखरेल लगायतले मंतब्य राख्दै अख्तियारको योगदान अनुकरणीय रहेको बताएका थिए । कार्यक्रममा सुनसरीका सरकारी कार्यलयका प्रमुखहरु त्था मोरङका स्थानीय तहका प्रमुखहरुको सहभागी रहेका थिए ।
अख्तियार इटहरीको कार्यालयले प्रदेश १ को १४ जिल्ला सहित प्रदेश २ को सप्तरी र सिराहाको उजुरी लिने गरेको छ ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा : झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका ७ स्थित इटाभट्टामा...
Discussion about this post