ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थितमा करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ ।
ताप्लेजुङ मेरिङदेन ३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका १ बतासेका २४ वर्षीय खगेन्द्र राईको मृत्यु भएको हो ।
हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तीन फेजमा टाँसिएर करेन्ट लाग्दा राई घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post