Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रम, गणतन्त्रको रक्षामा कांग्रेस नेताहरूको जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८२
in समाचार
0
इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रम, गणतन्त्रको रक्षामा कांग्रेस नेताहरूको जोड

इटहरीमा आयोजित ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताहरू

83
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस क्षेत्र नं. २ (क) सुनसरीले बिहीबार इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ।

१८ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्देम्बेले गणतन्त्र स्थापनामा कांग्रेसले खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै गणतन्त्रको संरक्षण, सुदृढीकरण र सशक्तीकरण कांग्रेसको प्रमुख जिम्मेवारी भएको बताए।

“गणतन्त्र नेपालजस्तो विविधतापूर्ण समाजमा सामाजिक न्याय, समानता र समावेशिताको लागि अपरिहार्य संरचना हो,” उनले भने, “आज विभिन्न नाममा भइरहेका आन्दोलनहरूलाई हेर्दा जनतामाझ अझ प्रष्ट ढंगले गणतन्त्रको मर्म पुर्‍याउनु आवश्यक छ।”

उनले गणतन्त्र प्राप्तिका निम्ति कांग्रेसले खेलेको भूमिका र गणतन्त्र प्राप्तिपछि देशमा भएका उपलब्धिको चर्चा गरे ।

गणतन्त्र नै देशकौ मुलभूत आवश्यकता रहेको औल्याउँदै उनले विद्यमान अवस्थामा कांग्रेसले गणतन्त्रको सकारात्मक पक्षबारे आम मानिसलाई अवगत गराउनुपर्ने बताए ।

उनले देशमा अहिले भइरहेका विभिन्न नामका आन्दोलनप्रति लक्षित गर्दै अहिलेको आवश्यकता गणतन्त्र नै रहेको जिकिर गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना, पूर्व राज्यमन्त्री सीताराम मेहता, कांग्रेस सुनसरी सभापति केदार भण्डारी, महाधिवेशन प्रतिनिधि विकास केसी, रामधुनी नगर सभापति सुदीप अधिकारीलगायतले आ–आफ्ना धारणा राखे।

उनीहरूले कांग्रेसले परिकल्पना गरेको समावेशी र उत्तरदायी गणतन्त्रको सन्देश जन–जनमा पुर्‍याउन आवश्यक रहेको बताए ।

कांग्रेस क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवानका अनुसार कांग्रेसले चाहेको गणतन्त्रबारे बुझाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो । अघिल्लो वर्षहरूमासमेत उक्त किसिमको कार्यक्रम गरिएको उनले स्मरण गरे ।

खासगरी बिहीवार १२ वटा वडाका २४ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मानसमेत गरिएको देवानले बताए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेससुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक
विविध

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

by रासस
जेष्ठ २२, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ...

इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.