Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रम, गणतन्त्रको रक्षामा कांग्रेस नेताहरूको जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८२
in समाचार
0
इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रम, गणतन्त्रको रक्षामा कांग्रेस नेताहरूको जोड

इटहरीमा आयोजित ‘हामीले भनेको गणतन्त्र’ कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताहरू

86
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस क्षेत्र नं. २ (क) सुनसरीले बिहीबार इटहरीमा ‘हामीले भनेको गणतन्त्र’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ।

१८ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्देम्बेले गणतन्त्र स्थापनामा कांग्रेसले खेलेको ऐतिहासिक भूमिका स्मरण गर्दै गणतन्त्रको संरक्षण, सुदृढीकरण र सशक्तीकरण कांग्रेसको प्रमुख जिम्मेवारी भएको बताए।

“गणतन्त्र नेपालजस्तो विविधतापूर्ण समाजमा सामाजिक न्याय, समानता र समावेशिताको लागि अपरिहार्य संरचना हो,” उनले भने, “आज विभिन्न नाममा भइरहेका आन्दोलनहरूलाई हेर्दा जनतामाझ अझ प्रष्ट ढंगले गणतन्त्रको मर्म पुर्‍याउनु आवश्यक छ।”

उनले गणतन्त्र प्राप्तिका निम्ति कांग्रेसले खेलेको भूमिका र गणतन्त्र प्राप्तिपछि देशमा भएका उपलब्धिको चर्चा गरे ।

गणतन्त्र नै देशकौ मुलभूत आवश्यकता रहेको औल्याउँदै उनले विद्यमान अवस्थामा कांग्रेसले गणतन्त्रको सकारात्मक पक्षबारे आम मानिसलाई अवगत गराउनुपर्ने बताए ।

उनले देशमा अहिले भइरहेका विभिन्न नामका आन्दोलनप्रति लक्षित गर्दै अहिलेको आवश्यकता गणतन्त्र नै रहेको जिकिर गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगाना, पूर्व राज्यमन्त्री सीताराम मेहता, कांग्रेस सुनसरी सभापति केदार भण्डारी, महाधिवेशन प्रतिनिधि विकास केसी, रामधुनी नगर सभापति सुदीप अधिकारीलगायतले आ–आफ्ना धारणा राखे।

उनीहरूले कांग्रेसले परिकल्पना गरेको समावेशी र उत्तरदायी गणतन्त्रको सन्देश जन–जनमा पुर्‍याउन आवश्यक रहेको बताए ।

कांग्रेस क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवानका अनुसार कांग्रेसले चाहेको गणतन्त्रबारे बुझाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो । अघिल्लो वर्षहरूमासमेत उक्त किसिमको कार्यक्रम गरिएको उनले स्मरण गरे ।

खासगरी बिहीवार १२ वटा वडाका २४ जना अग्रज नेता तथा कार्यकर्तालाई सम्मानसमेत गरिएको देवानले बताए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेससुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    821 shares
    Share 328 Tweet 205
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.