Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापा : जङ्गलको शान्ति, बस्तीको पीडा, गाउँमै चितुवा आतङ्क

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८२
in विविध, समाचार
0
झापा : जङ्गलको शान्ति, बस्तीको पीडा, गाउँमै चितुवा आतङ्क

सांकेतिक तस्बिर ।

99
SHARES
Share on FacebookShare on Twitter

झापा : हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए ।

विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए ।

“हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्छन्, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।”

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए ।

“अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ”, उनले भने, “चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।” मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरे । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी बयस्क चितुवा रहेको दाबी गरे ।

दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवा स्थानीयवासीको एक दर्जन खसीबाख्रा मारेको थियो । कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाय मार्ने खाने गरेता पनि मानवीय क्षति नभएको बताए । उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुनसक्ने बताए ।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो । त्यसबेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए ।

बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जङ्गली जनावर डुल्दै आइपुग्ने गर्छन् । विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेलापरेका थिए ।

Tags: #झापा#राससचितुवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.