Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०८२
in टाकुरा विशेष, समाचार
0
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव
124
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीच चुलिएको विवादले नगरपालिकाको वातावरण अस्थिर बनेको छ।

सोमबार सुरु भएको विवाद मंगलबार पनि जारी रहँदा कार्यालय परिसरमा तनावपूर्ण स्थिति उत्पन्न भयो।

विवाद श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर भुक्तानी मागिएको विषयबाट सुरु भएको हो।

उपप्रमुख बेघाले औपचारिक प्रक्रिया नअपनाई गरिएको काममा हस्ताक्षर गर्न अस्वीकार गरेपछि मेयर साम्पाङ पक्षधरहरूले सोमबार बेघालाई हातपात गर्ने प्रयास गरेका थिए। आज मंगलबार पनि उनीहरू उपप्रमुखको कार्यकक्षमा पुगेर चाबी माग्दै घेराउमा उत्रिएका हुन्।

मंगलबार बिहान साम्पाङ समर्थक समूह स्काभेटर, डोजर र टिपरको चाबी माग्दै उपप्रमुख बेघाको कार्यकक्षमा प्रवेश गरेको थियो। भनाभन बढ्दै जाँदा उपप्रमुख बेघाको पक्षमा माओवादी कार्यकर्ताहरू उत्रिएपछि अवस्था झनै तनावपूर्ण भएको छ।

भनाभन झगडातर्फ उन्मुख हुँदै गर्दा सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुवै पक्षलाई अलग राख्दै सम्भावित झडप टार्न सफल भएको हो।

श्रमदानमार्फत गरिएका निर्माण कार्यहरूमा पारदर्शिता अभाव, स्रोत अस्पष्टता, र विधिसम्मत निर्णय नलिइएको भन्ने आरोपका कारण विवाद चर्किएको हो।

उपप्रमुख बेघा सार्वजनिक सम्पत्तिको प्रयोगमा विधि नअपनाइएकाले जिम्मेवारी लिन नसकिने अडानमा छन्। यता मेयर साम्पाङ भने उपमेयरलाई विकास रोकेको भन्दै आलोचना गर्दै आएका छन्।

श्रमदान अभियानमार्फत सडक सुधार, नाली निर्माण, फलामे जाली जडानजस्ता काममा नगरको भारी उपकरण प्रयोग गरिएको छ।

तर ती उपकरणका लागि तेल, चालक, मर्मत र अन्य खर्चहरू कहाँबाट बेहोरिएको हो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।

नगर कार्यपालिकाको यो टकरावले धरानको नीति निर्माण, बजेट निर्माण प्रक्रिया र समग्र प्रशासनिक वातावरणमै अस्थिरता पैदा गरिरहेको छ।

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषतनावविवादहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.