इटहरी : सादगी, शालीनता र प्रतिभाले भरिपूर्ण इटहरी २० तरहराका नितेन मोक्तान नेपाल आइडल सिजन ६ मा उत्कृष्ट १६ भित्र पुग्न सफल भएका छन्।
सानै उमेरदेखि संगीतप्रतिको गहिरो लगाव बोकेका नितेनका लागि गायन केवल रुचिको विषय मात्रै नभई उनले निरन्तर साधना गरेका कारण नेपाल आइडलको यात्रामा रहेका छन् ।
तरहराकै इस्ट वेस्ट स्कूलबाट एसएलसी उत्तीर्ण गरेका उनले जनसहयोग माविमा विज्ञान संकायमा ंकक्षा १२ सम्मको अध्ययन पूरा गरे।
स्नातक तहसम्मको अध्ययन सक्दासम्म पनि उनले संगीतलाई निरन्रता दिदैँ गए । उनी हाल इटहरी २० मै रहेको बाल बहुभाषिक आधारभूत विद्यालयमा शिक्षकको रूपमा कार्यरत छन् ।
शिक्षकको रूपमा ज्ञान प्रदान गरिरहेका उनी अहिले गायनमार्फत देशकै आवाज बन्ने यात्रामा छन्।
उनको संगीत यात्राको सुरुवात नेपाल आइडलमा अरुण थापाको ‘आँखाको निद’ गीतबाट प्रारम्भ गरे । जसले निर्णायकहरूको नजरमा परे ।
नितेनले आफ्नो मेहनत, समर्पण र साधनाको बलमा टप १६ को स्थान सुरक्षित गरेका छन्। यससँगै उनले थप अगाडि बढ्न भोटको अपिल गरेका छन् ।
उनले भोटको अपिल गर्दै आफूलाई थप अगाडि बढाउन अपिल गरे । उनले आफूले गायन क्षेत्रमा भविष्य खोज्नका निम्तिसमेत भोटको अपिल गरेको जनाए ।
आफूले नेपाल आइडल जितेमा समग्र तरहरा, इटहरीको मात्रै जित नभई आम संगीतप्रेमीको जित हुने उदृत गरे ।
यसरी गर्न सकिन्छ भोट
Discussion about this post