Friday, January 23, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सीमा सुरक्षा र जनसुरक्षामा सशस्त्र प्रहरी सुनसरीको योगदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८२
in टाकुरा विशेष, समाचार
0
सीमा सुरक्षा र जनसुरक्षामा सशस्त्र प्रहरी सुनसरीको योगदान
63
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो ।

भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो । आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो ।

आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो । सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली ।

प्लाजामा आगो लाग्दै गर्दा एउटा तस्बिर ‘भाइरल’ बनेको थियो त्यतिबेला । सशस्त्र प्रहरी सहायक हबल्दार डोरीमा झुण्डिएर प्लाजामा फसेर सर्वसाधारणको उद्धार गर्न खटिएका थिए ।

आगोको ताप, धुवाँको अन्धकारमा त्यतिबेला सशस्त्र प्रहरीको मुक्तकण्ठले प्रशंसा सामाजिक सञ्जालमा भएको थियो । भवनको चार तलामा फसेका सर्वसाधारणलाई डोरी र भर्‍याङमार्फत सशस्त्र प्रहरीले बाहिर निकालेको त्यो दृश्य केबल साहसको कथा मात्र थिएन, त्यो दैनिक तयारी, तालिम र जनताको सुरक्षाप्रति गहिरो प्रतिबद्धताको प्रमाण पनि थियो ।

प्लाजाको आगलागीमा सशस्त्र प्रहरी बल सुनसरीबाट एक सयभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए । त्यतिबेला केही सुरक्षाकर्मी आफैँ पनि घाइते भए तर उद्धार कार्य भने रोकिएन ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा भन्छन्, “हामीलाई थाहा थियो, आगोभन्दा अघि हामीले त्यहाँ पुगेनौँ भने भित्रका मानिस बाँच्दैनन् । आगोले ठूलो मानवीय क्षति गर्ने थियो होला हामीले त्यसबेला तालिम होइन, जिम्मेवारी निभाइरहेका थियौँ ।”

नौ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो भने बाँकी दुई जना नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार गरेको थियो ।

उद्धारका क्रममा प्रयोग गरिएको डोरी, फायर बलसहितको अग्नि सुरक्षा उपकरण र आपतकालीन तालिमप्राप्त टोलीको समन्वयले सो कार्य सम्भव भएको उनको भनाइ छ । विपद् जब एकैछिनमा जीवन र मृत्युको खाडल कोर्दै अघि बढ्छ, त्यहीबेला सशस्त्र प्रहरी बल नेपालले निर्णय लिन्छ जीवनरक्षाको पक्षमा उभिने ।

पछिल्ला घटनामा देखिएको तत्क्षण प्रतिक्रिया, सूक्ष्म समन्वय र अदम्य साहसले फेरि एकपटक प्रमाणित ग¥यो सशस्त्र प्रहरी केबल शान्ति र सुरक्षाको होइन,जीवनको पनि रक्षक हो ।

विसं २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म सुनसरीको बराहक्षेत्र चतराधाममा लागेको पूर्णमहाकुम्भ मेलाको अपार भीडमा कोशी नदीमा स्नान गर्दै गर्दा हराएका आठ सर्वसाधारणलाई सशस्त्र प्रहरीको गोताखोरसहित खटिएको टोलीले जीवन फर्काइदिनु सशस्त्र प्रहरी बलको दृष्टि, गति र समर्पणको सङ्गम बनेको उदाहरण हो ।

नेपालको भूगोलिक सीमाना मात्र भौगोलिक सीमा होइन, राष्ट्रको अस्तित्व, सुरक्षा र सार्वभौमिकताको जीवनरेखा पनि हो । यिनै सीमाका अडिग र निडर पहरेदारका रूपमा परिचालित छन् सशस्त्र प्रहरी बल नेपाल ।

बलको गठनदेखि लिएर, सीमाको रक्षा, आन्तरिक सुरक्षाको मजबुती, राजस्व सङ्कलन सहयोग, विपद् व्यवस्थापनजस्ता सुनसरीमा १८ भन्दाबढी कार्यक्षेत्रमा उहाँहरूको सक्रिय सेवा गरिरहेका छन् ।

तर यतिमात्र होइन, सशस्त्र प्रहरी बललाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बहसले पनि तीव्रता पाइरहेको छ । सीमास्तम्भको संरक्षण, सीमामा परिचालित जनशक्ति, भौतिक संरचनाको अवस्था, अनि केन्द्रदेखि स्थानीय तहसम्मको राजस्व सङ्कलनमा उहाँहरूले खेलेको भूमिकाले राज्य संयन्त्रमा यस संस्थाको महत्वलाई अझ गहिरो बनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाको सीमाक्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएको छ । २०६४ सालदेखि स्थायी रूपमा तैनाथ सशस्त्र प्रहरीले सीमासुरक्षा मजबुत बनाउँदै अहिले सुनसरी जिल्लामा दुई वटा प्रस्तावित सीमासुरक्षा गुल्म र नौ वटा बिओपीमार्फत सेवा प्रवाह गरिरहेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण मुख्यालय, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ६१।९ किलोमिटर लामो अन्तरराष्ट्रिय सीमाक्षेत्रमा फैलिएका ११ वटा युनिटमार्फत नियमित गस्ती, निगरानी, सुराकी सङ्कलन र अवैध गतिविधि नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन् । यी युनिटले जिल्लाको सीमा सुरक्षामा सतर्कता, समन्वय र प्रविधि आधारित रणनीति अपनाएर कार्य गरिरहेको उनले बताए ।

उपरीक्षक थापाका अनुसार सुनसरीका सबै सीमाक्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण भए पनि विशेषगरी कोशी नदी आसपासका नाका तुलनात्मक रूपमा बढी संवेदनशील मानिन्छन् ।

मानिस तथा सवारीसाधनको बाक्लो आवतजावत हुने भएकाले ती क्षेत्र लागुऔषध ओसारपसार, चोरी तस्करी तथा साना हतियारको अवैध कारोबारको उच्च जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

सीमा क्षेत्रमा लागुऔषध, घरायसी तथा विद्युतीय सामग्री, साना हतियारलगायत उच्च मूल्यका वस्तुहरूको अवैध तस्करी प्रयास भइरहने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, ‘सर्च अपरेसन’, प्रविधिमैत्री निगरानी, संयुक्त अभियान र सूचनाका आधारमा कारबाही सञ्चालन गर्दै आएको बताए ।

साथै, अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण र कानुनी प्रक्रिया अगाडि बढाउने काममा समेत उल्लेखनीय प्रगति भएको उनको भनाइ छ ।

सुरक्षा प्रवद्र्धनमा सशस्त्र प्रहरी बलले स्थानीय प्रशासन, स्थानीय तह, भन्सार कार्यालय, व्यवसायी, समुदाय तथा सर्वसाधारणसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

उपरीक्षक थापाले भने, “सामूहिक सुरक्षाको अभ्यासलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले समुदायसँगको साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले सूचना आदानप्रदानदेखि सामूहिक जिम्मेवारीसम्म बलियो बनाएको छ ।”

सीमावर्ती सुरक्षामा मात्र होइन, अन्तरराष्ट्रिय समन्वयमा पनि सशस्त्र प्रहरीको भूमिका सशक्त रहेको छ ।

उनले भने, “भारतसँगको मित्रतापूर्ण सम्बन्धलाई कायम राख्दै, सम्बन्धित सुरक्षा निकायसँग नियमित समन्वय, सूचना आदानप्रदान तथा बैठकको माध्यमद्वारा सीमासम्बन्धी समस्या तथा सीमा अपराधलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको छ ।”

सीमा जोडिएका १६ वटा वडामा सीमा सहजीकरण समितिसमेत गठन गरिएको र उक्त समितिबाट समयसमयमा सुरक्षा बैठक, छलफल तथा सहकार्यका माध्यमबाट समस्या समाधान गरिँदै आएको छ ।

सीमापार अपराध नियन्त्रणमा यस्ता संयन्त्रले दीर्घकालीन र प्रभावकारी भूमिका खेलिरहेको उपरीक्षक थापाले बताए ।

उनका अनुसार सीमामा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्यलाई अझ संस्थागत गर्दै सशस्त्र प्रहरी बल नेपालको उपस्थिति सीमामा मात्र सीमित नभई राष्ट्रको समग्र सुरक्षामा समर्पित अभियन्ताको रूपमा परिभाषित भइरहेको छ ।

सुनसरीको भोक्राहा नहरसिं गाउँपालिका–३ निवासी स्थानीय व्यवसायी राजाराम साह भन्छन्, ‘‘भारत भन्सार नजिकै मेरो घर पर्छ । पहिले चोरी डकैती धेरै हुने गरेको थियो अहिले त्यो धेरै कम भएको छ । अहिले हरेक गल्ली र चोकमा सशस्त्र प्रहरी देखिन्छन् । जनताको सुरक्षामा खटिएको देख्दा हामीलाई भरोसा हुन्छ ।”

साहका अनुसार, सशस्त्रको सक्रिय उपस्थिति मात्र होइन, स्थानीय जनसहभागितासहितको सहकार्यपूर्ण व्यवहारले पनि वातावरण परिवर्तन भएको छ ।

सुरक्षाकर्मीले हाम्रो मात्र सुरक्षा हैन कहिलेकाहीँ हाम्रो पनि सहयोग माग्नुहुन्छ हामीले पनि सहयोग गर्ने गरेका छौँ । अहिले प्रशासन कडा छ, सशस्त्र प्रहरीले आफ्नो कर्तव्यमा कुनै कसर छोड्नु भएको छैन, उनीहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् ।

सुनसरी सशस्त्र प्रहरी बल नेपाल भारत सीमा क्षेत्रमा रहेको बिओपी लौकहीलगायत आठ वटा अन्य बिओपीहरुले सिमानामा सुरक्षा, अवैध क्रियाकलाप नियन्त्रण तथा राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उक्त बिओपीहरुले सुनसरी जिल्लाको भौगोलिक पूर्वी सिमाना क्षेत्र, विशेषगरी कोशी नदी आसपासको क्षेत्रमा निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरीहरुले अन्तरराष्ट्रिय सिमानाको रक्षा गर्नुका साथै सीमामा रहेका पिलरहरूको सुरक्षा, मर्मत, रङरोगन तथा अभिलेखिकरणसम्बन्धी कार्य नियमित रूपमा गर्दै आइरहेको बिओपी लौकहीका बिओपी पति निगम राईले बताए ।

साथै यस बिओपीले मानव तथा लागुऔषध तस्करी, अवैध रुपमा ओसारपसार, काठ चोरी, राजस्व छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा पनि सक्रिय भूमिका खेलिरहेको उनले बताए ।

सीमावर्ती क्षेत्रमा भइरहेका अपराध नियन्त्रण गर्नुका साथै अन्तरदेशनिक सुरक्षामा समेत बिओपीहरुको योगदान उल्लेखनीय रहेको छ । बिओपीपति राईका अनुसार सीमावर्ती अपराध नियन्त्रण, आन्तरिक सुरक्षाको मजबुती, आपतकालीन उद्धार, राजस्व सङ्कलन तथा सीमावर्ती जनताका सुरक्षामा आफूहरु निरन्तर समर्पित भएर कार्य गरिरहेको उनको भनाइ छ ।

सुनसरीको कोशी गाउँपालिका–१ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका अध्यक्षले सोभित नारायण यादवले सशस्त्र प्रहरी बल नेपालसँग सीमा सुरक्षाका विषयमा निरन्तर समन्वय भइरहेको बताए ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको भूमिकालाई सकारात्मक रुपमा लिँदै उनले स्थानीय सरकारसँगको सहकार्य अझ सुदृढ हुँदै गएको बताए ।

उनले भने, “सीमा क्षेत्र नजिकका समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा सुरक्षासम्बन्धी सूचना आदानप्रदान हुने गरेको छ । सशस्त्र प्रहरी बलको उपस्थिति सीमा क्षेत्रमा अत्यन्त आवश्यक छ । हामी गाउँपालिका र समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिरहेका छौँ ।”

सीमा क्षेत्रमा पछिल्लो समय लागुऔषधको प्रयोग तथा ओसारपसारसम्बन्धी समस्या केही बढेको वडाध्यक्षको भनाइ छ ।

उनले भने, “लागुऔषधको समस्या समाधान गर्न अब गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक छ । यो युवा पुस्ताको भविष्यसँग जोडिएको विषय पनि हो ।”

समस्या समाधानका लागि सशस्त्र प्रहरी, स्थानीय सरकार, समुदाय तथा शिक्षा संस्थाबीच समन्वय गरी सचेतनामूलक कार्यक्रम, निगरानी संयन्त्र र आवश्यक कारबाहीलाई सशक्त बनाउनुपर्ने अध्यक्ष यादवले बताए ।

सीमा समन्वय समितिको नेतृत्व गर्दै आउनुभएका अध्यक्षले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा आपसी समन्वयमा आधारित सुरक्षा रणनीति निर्माणमा स्थानीय सरकारको भूमिका झनै प्रभावकारी बनाउने जानकारी दिए ।

सशस्त्र प्रहरी बल सुनसरीले जिल्लाभित्रका भन्सार कार्यालयहरू, पालिका सरकार, तथा स्थानीय सामाजिक नेतृत्वसँग निरन्तर समन्वय गर्दै चोरीपैठारी नियन्त्रण, लागुऔषध कारोबारविरुद्धको अभियान, तथा सीमा क्षेत्रमा हुनसक्ने अपराधहरूमा प्रतिरोधात्मक भूमिका खेलिरहेको छ ।

विपद् व्यवस्थापनदेखि समुदायस्तरको शान्ति स्थापनासम्म सशस्त्र प्रहरी बलको कार्यक्षेत्र सीमामा मात्रै सीमित छैन भन्ने उदाहरण सुनसरी बनिरहेको छ ।

सुनसरीको कोशी ब्यारेजस्थित मुख्य भन्सार कार्यालयका प्रमुख राधेश्याम दाहालले सशस्त्र प्रहरी बललाई सीमावर्ती सुरक्षाका विश्वसनीय रक्षकका रूपमा मूल्याङ्कन गरेका छन् ।

सशस्त्र प्रहरीको नियमित गस्ती, चेकिङ र सतर्कताका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको उनले बताए।

“सीमामा तैनाथ सशस्त्र प्रहरीको निगरानी र समन्वयकारी भूमिकाले साना ठूला तस्करी गतिविधिमा गिरावट आएको छ”, उनले भने । भारतसँग सीमा जोडिएको यस क्षेत्रमा मुख्यतः खाद्यान्न, लत्ताकपडा, मोबाइल, मदिरा, चिनी, सौन्दर्य सामग्री र वस्तुहरूको तस्करी हुने गरेकामा सशस्त्र प्रहरीको तत्परताले ती क्रियाकलापमा कडाइ गरिँदै आएको छ ।

भन्सार र सशस्त्र प्रहरीबीच सूचनाको आदानप्रदान, संयुक्त अपरेसन, जोखिमयुक्त क्षेत्रको पहिचान, अस्थायी चेकप्वाइन्ट स्थापना तथा रात्रिकालीन गस्तीलाई प्राथमिकता दिइएको प्रमुख दाहालले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीको उपस्थिति र गस्तीको प्रभावकारिताले सीमावर्ती सुरक्षामा स्थायित्व कायम राख्न सहयोग पुगेको छ ।

तर, सीमा सुरक्षामा अझ सुदृढता ल्याउन प्रविधिमैत्री पूर्वाधार, पर्याप्त जनशक्ति र स्थानीय तहको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सीमाको खुला भौगोलिक बनावट, सीमित जनशक्ति र प्राविधिक उपकरणको अभाव अझै चुनौती रहेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८१/८२ मा सुनसरीको कोशी ब्यारेज भन्सार कार्यालयले ४६ करोड २० लाख १२ हजार लक्ष्यको (९६ प्रतिशत) राजस्व सङ्कलन गरेको जानकारी दिँदै प्रमुख दाहालले सशस्त्र प्रहरीको योगदान, प्रविधिको प्रयोग र कर्मचारीको सक्रियतालाई सफलताका मुख्य आधारका रूपमा उल्लेख गरे ।

“सशस्त्र प्रहरी बल सच्चा सिमानाका रक्षक हुन्”, प्रमुख दाहालले भने, “उहाँहरूको सतर्कता, समर्पण र समन्वयात्मक भूमिकाले राष्ट्रको सुरक्षा र आर्थिक व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको छ ।”

सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल उच्च सतर्कता र सक्रियताका साथ परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा कोशी प्रदेशका सशस्त्र प्रहरी प्रवक्ता सुधिरजङ्ग थापाले सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई दीर्घकालीन प्राथमिकताका रूपमा लिएर रणनीतिक ढङ्गले काम गरिरहेका बताए ।

प्रवक्ता थापाका अनुसार भारतसँग सीमा जोडिएका सबै नाकाहरूमा लागुऔषध ओसारपसार, भन्सार छली, चोरी, तस्करी, मानव ओसारपसारलगायत सीमापार आपराधिक गतिविधिहरू बढ्दै गएकाले त्यसको रोकथामका लागि सशस्त्र प्रहरी बल पूर्ण सतर्कतामा रहेको छ ।

त्यस्ता अपराध नियन्त्रणका लागि बलले आवश्यक रणनीति तयार पार्दै कार्यान्वयनमा लैजाने तयारी गरेको उनले बताएका छन् ।

सीमा सुरक्षालाई सशक्त बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता सशस्त्र प्रहरी बलले जनाएको छ ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमावर्ती बस्तीका नागरिकहरूसँग अन्तरक्रिया, संवाद र सहयोग विस्तार गरी समुदायमैत्री सुरक्षा प्रणाली निर्माण गर्ने प्रयास भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले स्थानीय समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै आवश्यक स्रोत साधन, जनशक्ति र प्रविधिको प्रयोगमार्फत सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ ।

हाल सीमावर्ती क्षेत्रमा देखिएको आपराधिक क्रियाकलापले राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना गरिरहेका बेला सशस्त्र प्रहरीको सक्रियता र तत्परताले राष्ट्रकै दीर्घकालीन सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका स्थानीय प्रशासन, अन्य सुरक्षा निकायहरू, आम जनसमुदाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था र समकक्षी काउन्टरपार्टहरूसँग सुमधुर सम्बन्ध तथा समन्वय कायम गरी समग्र नागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल, नेपाल निरन्तर सक्रिय रहँदै आएको छ ।

सीमा सुरक्षाका साथै सीमास्तम्भको संरक्षण, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रण, अवैध तस्करी रोकथाम तथा विपद् र प्रकोपजस्ता घटनामा सफल उद्धार कार्य सञ्चालन गर्दै सङ्गठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ । रासस

Tags: टाकुरा विशेषसशस्त्रसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

by गुरु ढकाल
माघ ८, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी...

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

माघ ८, २०८२
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

माघ ८, २०८२
रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    220 shares
    Share 88 Tweet 55

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.