धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन् ।
प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानको उपकुलपति यसअघि चार जनाको नाम सिफारिस भएको थियो ।
प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम सर्च कमिटीले तय गरेपनि प्रा.डा.श्रेष्ठलाई पनि सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि चार जनाको नाम पठाइएको थियो ।
उनले प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन् ।
श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुन् ।














Discussion about this post