Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मकालु क्षेत्रमा सञ्चार सेवा अभाव, विस्तारको माग

रासस by रासस
साउन ३१, २०८२
in समाचार
0
मकालु क्षेत्रमा सञ्चार सेवा अभाव, विस्तारको माग
62
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : मकालु गाउँपालिकास्थित मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विश्वको पाँचौँ अग्लो मकालु हिमाल, बेसक्याम्प र धार्मिक तथा पर्यटकीय क्षेत्र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएकामा बैठकले सेवा विस्तार गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

टेलिफोन तथा इन्टरनेट सुविधा नभएका कारण बिरामी परेमा आन्तरिक तथा बाह्य पर्यटकको तत्काल उद्धारका लागि कठिनाइ हुने गरेकाले उक्त निर्णय गरिएको उनको भनाइ छ ।

मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सुविधा नहुँदा बर्सेनि मानवीय क्षतिका अप्रिय घटना घट्ने भएकाले सो क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको सहायक प्रतिअ घिमिरेले बताए ।

बैठकले सञ्चार विस्तारका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मकालु बरुण राष्ट्रिय निकुञ्जसहित सरोकार भएका निकायसँग समन्वयमार्फत उपयुक्त हुने प्रविधिअनुसार टेलिफोन, इन्टरनेटलगायत सुविधा पुर्‍याउन नेपाल टेलिकम सङ्खुवासभामार्फत टेलिकम केन्द्रीय कार्यालयमा अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले वर्षात्को समयमा सदरमुकाम जोड्ने पालिकाको केन्द्र एवं वडा केन्द्रलगायत सडकमा पहिरो गई यातायात कुनै पनि बेला अवरुद्ध हुनसक्ने भएकाले सडक अवरुद्ध हुन नदिन सम्बद्ध कार्यालय तथा पालिकालाई अनुरोध गर्ने निर्णय गरेको सहायक प्रतिअ घिमिरेले बताए ।

उनका अनुसार विपद् समितिको बैठकले हाल जिल्लामा डेङ्गीको जोखिम बढिरहेकले जनचेतनामूलक सामग्रीको प्रचारप्रसार गर्ने, सचेतना अभिवृद्धि गर्ने, ‘खोज र नष्ट गर’अभियान सञ्चालन गरी सक्रियतापूर्वक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विपद्को पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी भएका निर्णयहरू सरोकार भएका निकायले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्राकृतिक विपद्बाट हुनसक्ने पशुधनको क्षतिमा राहतसम्बन्धी दररेट यकिन गर्न आवश्यक कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ।

बैठकले मनसुनजन्य विपद्बाट जोगिन, क्षतिलाई कम गर्न र क्षति भएमा खोज तथा उद्धार, राहत प्रतिकार्य एवं पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि तयारी अवस्थामा रहन विभिन्न सरोकार भएका निकायलाई अनुरोध गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट नागरिकले ज्यान गुमाउनाका साथै ठुलो आर्थिक क्षति हुने गरेकाले पीडित नागरिकलाई राहत तथा पुनः स्थापनाका लागि राज्यको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय भएको सहायक प्रतिअ घिमिरेले जानकारी दिए ।

Tags: #रासससङ्खुवासभासञ्चार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तीनजनामा डेंगु पुष्टि
समाचार

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

by माधव पोख्रेल
अशोज ४, २०८३
0

उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि...

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    302 shares
    Share 121 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.