Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

रासस by रासस
भदौ ३, २०८२
in विविध, समाचार
0
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा
64
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ ।

ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ ।

विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउछन् ।

विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ ।

“विद्युत् गाउँघरको मुहार फेरेको छ”, उनले भने, “विद्युत् विस्तारले गाउँघर उज्यालो भएको छ । टोलटोलमा विद्युतीय मिल जडान भएका छन् । विद्युत्ले गाउँले जीवनमा ऊर्जा थपेको छ ।”

विद्युत् विस्तारपछि आफ्नो गाउँमा मात्र छवटा बढी विद्युतीय मिल रहेको उनले बताए । विद्युत् विस्तारसँगै साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ ।

गाउँघरमा राज्यको तहबाट विद्युत् विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताए ।

“विद्युत्ले दैनिक जीवनयापनमा फेरबदल आएको छ”, राईले भने, “विद्युत्को माध्यमबाट फर्निचर उद्योग चलाएका छौँ, उज्यालोमा बस्न पाएका छौँ, विद्युत् गाउँले जीवनमा सहजता र खुसी ल्याएको छ ।”

पछिल्लो एक दशकको अवधिमा जिल्लाका धेरै दूरदराजका गाउँमा उज्यालो छाएको उनको भनाइ छ ।

Tags: #भोजपुर#रासस#विद्युत् प्राधिकरणविद्युत्
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.