ताप्लेजुङ : प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पछिल्लो १० महिनामा संकलित ३६ क्विन्टल सिक्का गणना कार्य सुरु गरिएको छ।
पाथीभरा क्षेत्र विकास समितिका ८ जना कर्मचारीले भेटी संकलन गरी गणना कार्य थालेका हुन्। अबिर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर घाममा सुकाएपछि गणना गर्ने गरिएको समितिले जनाएको छ।
घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने गरेको समितिले जनाएको छ। यहाँ नेपाली सिक्कासँगै भारतलगायत अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गर्छन्।
आर्थिक वर्ष २०८०।८१ मा मात्र पाथीभरामा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का संकलन भएको समितिले जनाएको छ।
गणना सम्पन्न भएपछि सिक्काहरू विभिन्न बैंक र जिल्ला बाहिरका ठूला डिपार्टमेन्टहरूमा सटही गरिँदै आएको भए पनि भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई कठिनाइ भइरहेको समितिले जनाएको छ।














Discussion about this post