इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
साम्पाङले सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै बालेनप्रति टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, “हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृह मन्त्री बीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ?”
उनले लगत्तै अर्को स्टाटसमा देश र माटोप्रति माया गर्नेहरूलाई प्रणालीले ठगिरहेको बताएका छन्।
साम्पाङले भनेका छन्, “देशलाई, यो माटोलाई माया गर्ने र यो देश हामी नेपालीको हो परचक्री र विदेशी शक्तिको हुँदै होइन भन्ने विश्वास बोक्नेहरूको होइन रैछ यो देश ! तर एक दिन यो देशको मालिक नेपाली स्वयम् बन्नेछौँ ! म छु ! सच्चा नेपालीहरू एक होऔँ ।”
यसअघि काठमाडौँका मेयर साहले सिंहदरबार जलाइदिने चेतावनी दिँदै विवादमा आएका थिए।
हालै देशभरै भएको जेन–जी आन्दोलनपछि राजनीतिक नेतृत्व र प्रशासनिक व्यवस्थापनप्रति चर्को असन्तोष बढेपछि धरानका मेयर साम्पाङ आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै काठमाडौँ पुगेका थिए।
तर, जेन–जी पक्षधरले उनलाई बेवास्ता गरेपछि धरान फर्किएका छन्।














Discussion about this post