इटहरी : इटहरी उपमहानगरपालिका–१९ मा सोमबार दिउँसो घर निर्माणस्थलमा काम गर्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा इटहरी–१६ बस्ने ४५ वर्षीय लल्कु चौधरी रहेका छन्। कल्पना चौधरीको निर्माणाधीन दुईतले घरमा ढलान गर्ने क्रममा अचानक दुई तल्लामाथिबाट भुइँमा खस्दा उनी घाइते भएका थिए।
चिउडो र खुट्टामा चोट लागेका उनलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटिएको थियो। मृतकको शव हाल सोही अस्पतालमा राखिएको र थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post