Friday, September 19, 2025
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

‘भोजपुरे खुकुरी’ को माग उच्च, कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न सकिएन

रासस by रासस
भदौ ३१, २०८२
in विविध, समाचार
0
‘भोजपुरे खुकुरी’ को माग उच्च, कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न सकिएन
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ ।

दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो ।

भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरूको भनाइ छ ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय कालीगड हर्कबहादुर विश्वकर्माले बताए । कालीगड पेसामा नयाँ पुस्ताको रुचि हराउँदै गएका कारण खुकुरी उत्पादनमा कमी आउँदा माग धान्न समस्या रहेको उनको भनाइ छ ।

“पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउने गरेको छ”, उनले भने, “गाउँघरमा अहिले दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ । बजारको मागलाई धान्न मुस्किल छ । यो पेसालाई पुस्तान्तरणको अभाव देखिएको छ ।”

मुख्य गरेर भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरीको बजारमा बढी माग रहेको उनले बताए।

यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम २० हजारसम्म पर्ने व्यवसायी दिनेश गजमेरले बताए ।

बाहिरका जिल्लाबाट दुईचार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने उनको भनाइ छ ।

विगतका वर्षहरूमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा व्यावसायिक रूपमा यो काम गर्ने मानिसहरूको सङ्ख्या क्रमशः घट्दै गएको उनले जानकारी दिए ।

बढी मेहेनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको उनले बताए ।

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ ।

Tags: #भोजपुर#राससभोजपुरे खुकुरी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते
समाचार

सुनसरी बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८२
0

इटहरी : सुनसरीको कोसी गाउँपालिका–१ स्थित खुनिया पुल नजिक पूर्व–पश्चिम राजमार्गमा बिहीवार भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।...

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु
समाचार

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८२
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ तिनमुहास्थित बूढी खोलामा मूर्ति विसर्जन गर्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। विश्वकर्मा पूजा...

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

अशोज २, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ

अशोज २, २०८२
धरान उपमहानगरको बजेट अझै पारित भएन, नगरसभा असोज ४ मा बोलाइयो

धरान उपमहानगरको बजेट अझै पारित भएन, नगरसभा असोज ४ मा बोलाइयो

अशोज २, २०८२
कोशीका मुख्यमन्त्रीको आरोप – जेन-जीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन

कोशीका मुख्यमन्त्रीको आरोप – जेन-जीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन

अशोज २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते

सुनसरी बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

अशोज २, २०८२
सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

अशोज २, २०८२
कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

अशोज २, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ

अशोज २, २०८२

लाेकप्रिय

  • बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न

    कार्यसम्पादन मूल्याङ्कनमा ११ उपमहानगरमध्ये इटहरी छैटौँ, धरान कतिमा ?

    2217 shares
    Share 887 Tweet 554
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई नयाँ उपचार सेवा सुरु

    1788 shares
    Share 715 Tweet 447
  • इटहरीमा गोली लागेर मृत्यु भएका दुईमध्ये एक युवकको पहिचान खुल्यो

    1405 shares
    Share 562 Tweet 351
  • इटहरी मल : जब शहरी प्रतीकको पतन भयो…

    616 shares
    Share 246 Tweet 154
  • कारागारबाट भागेका कैदी पुर्‍याउन गएका व्यक्ति धरानको सर्दु खोलामा मृत भेटिए, घटना शंकास्पद

    548 shares
    Share 219 Tweet 137

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.