Friday, September 19, 2025
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जेन-जी आन्दोलन : कोशीमा १० जनाको निधन, पाँच वटा शव अझै नचिनिने अवस्थामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०८२
in समाचार
0
इटहरीको जेन–जी पुस्ताको प्रदर्शनमा १३ जना पक्राउ (नामावलीसहित)
65
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

तर मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको र बाँकी पाँच जनाको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृतक परिवार वा आफन्तले शव दाबी नगरेकाले पहिचानमा ढिलाइ भइरहेको हो ।

“१० जनाको मृत्यु भएको पुष्टि भएको छ । ५ जनाको पहिचान भइसकेको छ । तर ५ जनाको अहिलेसम्म दाबी भएको छैन,” उनले भने ।

उनका अनुसार झापाको बिर्तामोडमा अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी, पाँचथर हिलिहाङ–५ का ३० वर्षीय कमल भण्डारी, इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का मोहन सरदारको मृत्यु भएको पुष्टि भइसकेको छ ।

तर भाटभटेनीमा मृत्यु भएका पाँच जनाको हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ । धरानस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीका क्रममा चार जनाको जलेको अस्तु मात्र भेटिएको छ ।

त्यसैगरी सोमबार विराटनगरस्थित भाटभटेनीमा जलेको मानव कंकाल फेला परेको छ, जसको पहिचान अझै खुलेको छैन ।

मृतकहरू भाटभटेनीका कर्मचारी नरहेको र आन्दोलनका क्रममा तोडफोड तथा लुटपाट गर्ने क्रममा जलेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सो आन्दोलनका क्रममा १ सय १४ जना प्रहरी घाइते भएका छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर, ५७ जनाको अवस्था मध्यम रहेको र बाँकी उपचारपछि ड्युटीमा फर्किएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

आन्दोलनकारीतर्फ कम्तीमा ४६ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ, तर यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न ठाउँमा झडप, आगजनी र तोडफोड भएका थिए ।

प्रहरीले विभिन्न ठाउँमा जलेका भौतिक संरचनाको मुचुल्का उठाएर क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

Tags: कोसी प्रदेशजेन–जीमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते
समाचार

सुनसरी बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८२
0

इटहरी : सुनसरीको कोसी गाउँपालिका–१ स्थित खुनिया पुल नजिक पूर्व–पश्चिम राजमार्गमा बिहीवार भएको बस दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।...

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु
समाचार

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८२
0

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ तिनमुहास्थित बूढी खोलामा मूर्ति विसर्जन गर्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। विश्वकर्मा पूजा...

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

अशोज २, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ

अशोज २, २०८२
धरान उपमहानगरको बजेट अझै पारित भएन, नगरसभा असोज ४ मा बोलाइयो

धरान उपमहानगरको बजेट अझै पारित भएन, नगरसभा असोज ४ मा बोलाइयो

अशोज २, २०८२
कोशीका मुख्यमन्त्रीको आरोप – जेन-जीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन

कोशीका मुख्यमन्त्रीको आरोप – जेन-जीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन

अशोज २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते

सुनसरी बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

अशोज २, २०८२
सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

अशोज २, २०८२
कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

अशोज २, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ

अशोज २, २०८२



लाेकप्रिय

  • बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न

    कार्यसम्पादन मूल्याङ्कनमा ११ उपमहानगरमध्ये इटहरी छैटौँ, धरान कतिमा ?

    2217 shares
    Share 887 Tweet 554
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई नयाँ उपचार सेवा सुरु

    1788 shares
    Share 715 Tweet 447
  • इटहरीमा गोली लागेर मृत्यु भएका दुईमध्ये एक युवकको पहिचान खुल्यो

    1405 shares
    Share 562 Tweet 351
  • इटहरी मल : जब शहरी प्रतीकको पतन भयो…

    616 shares
    Share 246 Tweet 154
  • कारागारबाट भागेका कैदी पुर्‍याउन गएका व्यक्ति धरानको सर्दु खोलामा मृत भेटिए, घटना शंकास्पद

    547 shares
    Share 219 Tweet 137

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.